ग्लोबल टी–ट्वान्टी : सन्दीपको टोरेन्टो प्ले अफमा

title
बिहिबार, साउन २३, २०७६

ऐजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न दोस्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले हराउ“दै टोरन्टोले प्ले अफमा स्थान बनायो । सिएए क्रिकेट मैदानमा टोरन्टोले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको मोन्टरियलले १९ ओभर ३ बलमा सबै विकेट गुमाउ“दै १ सय ५४ रन मात्र जोड्न सक्यो ।

उसका लागि म्याथ्यु क्रसले ३९ रन जोड्दा दिनेश चण्डीमालले ३६ रन बनाए । त्यस्तै केली कोट्जरले १८ र निखिल दत्तले १२ रन जोड्नु बाहेक मोन्टरियलका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । यता, बलिङ तर्फ टोरन्टोका मिचेल मेग्क्लेनघन र कृष ग्रीनले समान तीन तीन विकेट लिए ।

त्यस्तै नेपाली लेग स्पिनर सन्दीपले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सन्दीपको टोलीले निर्धँरित ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । टोरन्टोका लागि रोड्रिगो थोमसले ७० तथा हेन्रीच क्लासेनले ६४ रन जोड्दै अर्धशतक बनाएका थिए । यो जितस“गै टोरन्टोले ६ खेलमा ६ अंक जोडेको छ ।

यता, पराजय भोगेको मोन्टरियल भने प्रतियोगितबाट बाहिरिएको छ । अब सन्दीपको टोरन्टोले अर्का नेपाली खेलाडी सोमपाल कामीको टोली वेनिपेग होक्सस“ग प्रतिस्पर्धा गर्नेछ ।