बार्सिलोनाद्धारा नापोली दुई–एक गोलले पराजित

बार्सिलोनाद्धारा नापोली दुई–एक गोलले पराजित
बिहिबार, साउन २३, २०७६

एजेन्सी । प्रि–सिजन अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीलाई पराजित गरेको छ । अमेरिकाको मियामी बिहिबार बिहान भएको खेलमा बार्सिलोनासंग नापोलीलाई दुई एक गोल अन्तरले पराजित भएको हो । बार्सिलोनालाई जित दिलाउन सर्जियो बुस्केट र इभान राकिटिकले समान एक–एक गोल गरे ।

यता, नापोलीले भने आत्मघाती गोलबाट एक गोल फर्काएको थियो । कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाले ३९औं मिनेटमा बुस्केटको गोलबाट अग्रता लिएको थियो ।

तर, खेलको ४२औं मिनेटमा बार्सिलोनाका स्यामुएल उम्टिटीले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फर्कियो । तर, खेलको ७९औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । युरोपियन क्लब फुटबलको नयाँ सिजनको सुरुवातअघि यी दुवै टीमले मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेका हुन् ।