ग्लोबल टी–ट्वान्टी : सन्दीपको यात्रा सकियो

title
शुक्रबार, साउन २४, २०७६

ऐजेन्सी । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली टोरन्टो नेसनल्स बाहिरिएको छ । पहिलो ईलिमिनेटर खेलमा विन्निपेग होक्ससंग पराजित हुदै टोरन्टो प्रतियोगिताबाट बाहिरिएको हो ।

अर्का नेपाली खेलाडी सोमपाल कामीको टोली विनिपेगले सन्दीपको टोरन्टोलाई डीएल पद्वतिका आधारमा २ रनले पराजित गरेको हो । दुई सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होक्सले १७ ओभर १ बलमा दुई सय १ रान बनाउँदा खेल अव?द्व भएको थियो । तर, खेल सुचा? हुने अवस्था नभएपछि डीएल पद्वतिका आधारमा होक्स २ रनले विजयी भयो ।

होक्सका लागि जेपी डुमिनीले सर्वाधिक ८५ रन बनाएका थिए । यता, बलिङ तर्फ नेपाली लेग स्पिनर सन्दीप दुईले विकेट लिएका थिए । चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चिएर २ विकेट हात पारेका थिए ।

सन्दीपले टोरन्टोको टिमका स्थान बनाउँदा अर्का नेपाली बलर सोमपाल भने होक्सको अन्तिम एघारमा परेका थिएनन् । तर, सोमपालको होक्सले टोरन्टोलाई पराजित गरेपछि दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । दोस्रो क्वालिफायरमा शनिबार ब्राम्टन वुल्भ्स र विनिङपेगबीच प्रतिस्पर्धा हुनेछ।