प्रिमियर लिगको नयाँ सिजन आजबाट, लिभरपुर र नर्विचको प्रतिस्पर्धा

प्रिमियर लिगको नयाँ सिजन आजबाट, लिभरपुर र नर्विचको प्रतिस्पर्धा
शुक्रबार, साउन २४, २०७६

एजेन्सी । लिरभपुल र नर्विच सिटीबीचको प्रतिस्पर्धासंगै शुक्रबारबाट ईङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुदैँछ । शुक्रबार लिभरपुलको घरेलु मैदान एनफिल्डमा नर्विच सिटीसंग खेल्दै लिगको सुरुवात गर्दैछ ।

लिभरपुग प्रिमियर लिगको उपाधी दाबेदार टोली हो भने नर्विच सिटी लिगमा नवप्रवेशी टोली हो । यसै सिजनको प्रिमियर लिगका बढुवा भएको क्लब नर्विचलाई लिभरपुलले घरेलु मैदान एनफिल्डमा आतिथ्यता प्रदान गर्नेछ ।

यी दुवै क्लब उद्धघाटन खेलमा जीत निकाल्दै लिगमा सुखद सुरुवता गर्ने दाउँमा मैदान उत्रनेछन् ।  यो नयाँ सिजनको लिगमा २० क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।