लेकिमा नामक तुफान चीनको पूवी तटतर्फ बढ्यो, स्थानीयलाई ठाउँ छाड्न निर्देशन

title
शुक्रबार, साउन २४, २०७६

एजेन्सी । चाईनाको पूर्वी तटतर्फ तूफानको चाप आउने सम्भावना बढेपछि त्यहाँका अधिकारीले स्थानीयलाई त्यस ठाउँ छोड्न निर्देशन दिएको छ । शुक्रबार खतराको संकेत जनाउँदै “लेकिमा” नामक त्यस तूफान ताईवान तिर एक सय ९० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतिमा आइरहेको र शनिबार चाइनाको झेजियाङ् प्रान्तमा आइपुग्ने त्यहाँको राष्ट्रिय मोसम विज्ञान केन्द्रले जनाएको छ ।

तूफानको कारणले ताइवानमा ३०० भन्दा बढी उडानहरु रद्द गरिनुका साथै बजार र विद्यालयहरु बन्द गरिएका छन् । त्यस्तै ताइवानको ४० हजार भन्दा बढी घरहरुमा विद्युत कटौती गरिएको छ ।

ताइवानमा बिहिबार मात्रै ६ रेक्टरको भूकम्प गएको थियो । चीनीया आपतकालिन मन्त्रालयका अनुसार तूफानले असर गर्ने सम्भावित क्षेत्रमा आपतकालिन टोलीलाई उद्दार कार्यमा सघाउनको लागि परिचालन गरिसकेको छ ।

चीनको याङ्ग्त्से नजिकको क्षेत्रमा बाढी आउन सक्ने पनि जनाएको छ । चीनको सांघाई शहरमा हजारौँ मानिसहरुलाई त्यस स्थान छोड्न तयार रहन संकेत गरिएको छ ।

त्यस्तै जियाङ्सु र सानदोङ् प्रदेशमा पनि सतर्कता अपनाउन निर्देशन दिइएको छ । अहिले पश्चिमी प्रशान्त महासागरमा “लेकिमा” सहित दुईवटा तूफान सक्रिय छ ।

“क्रोसा” तूफानले उत्तरी मारियाना टापु र गुआममा भारी वर्षा गराईरहेको छ । हाल उत्तर पश्चिमतर्फ बढीरहेको यो तूफानले अर्को हप्ता जापानमा असर गर्न सक्ने त्यहा“का मौसमविद्ले अनुमान गरेका छन् ।