प्रधानमन्त्री ओली स्वदेश फर्कने तालिका फेरि पनि स्थगित

प्रधानमन्त्री ओली स्वदेश फर्कने तालिका फेरि पनि स्थगित
आइतवार, साउन २६, २०७६

काठमाडौ । स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका फेरि स्थगित भएको छ ।

यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश फर्किने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आज(आईतवार)सम्मका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्याललका अनुसार स्वास्थ्य परीक्षण सम्वन्धी केहि रिपोर्ट आउन बाँकी रहेकाले स्वदेश फर्किने तालिका आज(आईतवार) पनि रद्ध भएको छ । अस्पतालले आज(आईतवार)साँझसम्म रिपोर्ट दिएमा सोमवार बेलुकी अथवा मंगलवार विहान स्वदेश फर्कने सम्भावना रहेको अर्यालले जानकारि दिएका छन् ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । प्रधानमनन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ गएका हुन ।

प्रधानमन्त्रीका साथमा धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।