सुपर ओभरमा सोमपालको हक्स ग्लोबल टी–२० च्याम्पियन

सुपर ओभरमा सोमपालको हक्स ग्लोबल टी–२० च्याम्पियन
सोमवार, साउन २७, २०७६

काठमाडौं– नेपाली अलराउण्डर सोमपाल कामी रहेको वेनिपेग हक्सले ग्लोबल टी–२० क्रिकेटको उपाधि जितेको छ । आईतबार भएको खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन भएको हो ।

१ सय ९३ रनको लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । ओपनर चल्न नसकेको खेलमा मध्यक्रमका ब्याट्सम्यानले भ्यानकुभरको ईनिङ्स उकासेका थिए ।

कप्तान सोयब मल्लिकले ६४ रन बनाएको ईनिङ्समा आन्द्रे रसेलले नटआउट ४६ रन बनाएका थिए ।

यसअघि, पहिले ब्याटिङ गरेको सोमपालको हक्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । साईमन अनवरले ९० रन बनाएको ईनिङ्सका अर्का ओपनर क्रिस लेनले ३७ रन बनाएका थिए ।

जेपी डुमिनीले ३३ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।
आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए ।

निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो । जसमा हक्सले बाजी मारेको थियो ।

हक्स च्याम्पियन बनेपछि सोमपाल भने अधिकांश समय मैदान बाहिर रहे । पहिलो खेलमा राम्रो प्रर्दशन गर्न नसकेपछि उनले मौकानै पाएनन् । उनी पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा किनिएका थिए ।