प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

title
सोमवार, साउन २७, २०७६

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार आइतबार आउने भनिए पनि आज अपराह्न मात्रै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो ।