शुक्रबारदेखि प्रदर्शनमा आएको साइनो चलचित्रको व्यापार कस्तो ?

शुक्रबारदेखि प्रदर्शनमा आएको साइनो चलचित्रको व्यापार कस्तो ?
सोमवार, साउन २७, २०७६

काठमाडाैँ । शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘साइनो’ ले पहिलो दिनको तुलनामा शनिबार र आईतबार राम्रो व्यापार गरेको छ ।

नेपालको प्रथम नायिका भुवन चन्दले निर्माण गरेको चलचित्रले ३ दिनमा अल नेपालबाट झण्डै ७० लाखको ग्रस कलेक्सन गरेको वितरक कम्पनीले जनाएको छ ।

शनिबारमात्रै फिल्मका शीर्ष कलाकार मिरुना मगर, राजकुमार, राजा राजेन्द्र लगायतको टोली राजधानीको विभिन्न हलमा पुगेको थियो ।

दर्शक प्रतिक्रियाबाट डेब्यु हिरो राजकुमारसँगै मिरुनाको फिल्मी करिअरमा पनि ‘साइनो’ ले महत्वपूर्ण भूमिका खेलेको छ ।

यसअघि उनी अभिनित ‘रोज’ र ‘लालपूर्जा’ ले कमजोर व्यापार गरेको थियो । त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रमा मिरुना, राजकुमार, राजा राजेन्द्रको अलवा नीता ढुंगाना, श्याम राई, विशाल पहाडी, रोयदीप श्रेष्ठ लगायतको अभिनय रहेको छ ।