वन कार्यालयबाट टाँचा चोरेर काठ तस्करी : भान्सेसँग भेटियो टाँचा, मिलेमतोको आशंकामा छानविन

जीतलाल श्रेष्ठ
निजगढ– डिभिजन वन कार्यालय बाराका भान्से रमेश सिटौलाको साथबाट जिल्ला वन आपूर्ति समिति बारा सिमराको काठ बिक्री टाँचा बरामद भएको छ । कलैया उपमहा नगरपालिका १ की रितादेवी पाण्डे र सोही वडाका चान्सिप्रसाद सोनारको नाउँमा जिल्ला वन आपूर्ति समिति बारा सिमराले उपलब्ध गराएको छोडपूर्जी सहित आपूर्ती समितिको रतनपुरी सव डिभिजन वन कार्यालयको घाटगद्दीमा रहेको ११८.३१ क्यूफिट सालको गोलाई लिन आउने क्रममा भान्से सिटौलाको साथबाट रतनपुरीका सहायक वन अधीकृत शशीकान्त तिवारीले उक्त टाँचा बरामद गरेका हुन् ।
आफु कार्यालयको प्रमुख भएपनि निवेदक काठ लिन आउने कुनै जानकारी नैं नदिई आएकोले मिलोमत्तो र गलत मनशायले आएको हुन सक्ने तिवारीको आशंका छ ।
‘कागजातको म्याद पनि नाघि सकेको छ। वन रक्षक सोरख राउत अहिरले गोलाई लोड नगर्न बारम्वार भन्दा पनि जर्बजस्ती गर्नुको कारण के ? कस्को आडमा गलत काम गरेको हो ?,’ सहायक बन अधीकृत तिवारीले प्रश्न गरे। ऐनले त्यस दिन आफु कार्यालयकै कामले डिभिजन वन सिमरामा रहेको बताए । सव डिभिजन रतनपुरीमा वन रक्षक मात्र भएको बेला काठ लिन आएकोले पनि शंका उब्जिएको उनले बताए ।
रतनपुरी वनमा कार्यरत वन रक्षकले वन रेन्जर, वन अधिकृत नभएकोले गोलाई नलैजान बारम्वार आग्रह गरेपनि निवेदकका तर्फबाट गोलाई लिन रतनपुरी आएका कलैयाका मनोज पटेलले जर्बजस्ती ७ थान ‘ए’ ग्रेडको सालको गोलाई ट्याक्टरमा लोड गरि लैजान खोजेको वन रक्षक सोरखले बताए । आफु बेलैमा पुगेकोले घाटगद्दी परिसरबाट ट्याक्टरमा करिब दुई लाख बरावरका गोलाई निकाल्दै गरेको बेला छानविनका लागि टाँचा, कागजात र गोलाई नियन्त्रणमा लिएको सवअ तिवारीले बताए।
यसरी काठ वा गोलाई लिन स्वंयम् निवेदक वा मञ्जुरी नामा प्राप्त व्यक्ती आउनु पर्ने कानुनी ब्यवस्था रहेपनि जिल्ला वन आपूर्ति समितिबाट वितरण गरिने अधिकांश काठ, गोलाई वन कर्मचारी र बिचौलियाको मिलोमत्तोमा अन्यत्र बिक्री हुँदै आएको स्रोतले बतायो । यसरी आपूर्ति समितिमा काठ लिन आउने मध्ये ५० देखि ४० प्रतिशत व्यक्ती बिचौलिया नैं आउने गरेको बुझिएको छ ।
सरकारी दररेट प्रति क्यूफिट १ हजार र घाटगद्दी खर्च र सेवा शुल्क गरि ‘ए’ ग्रेडका गोलाई प्रति क्यूफिट १ हजार ४८० मुल्य तोकेको छ । सो दररेटमा उपलब्ध हुने गोलाई बिचौलियाले बजारमा ४ हजारदेखि ५ हजार ५ सय सम्ममा बिक्री गर्ने र वन कर्मचारीलाई समेत भागबण्डा मिलाउने गरेका छन् । जसका कारण कार्यलय प्रमुखलाई नै बेखबर राखे तस्करी मौलाइरहेको छ ।
‘उनीहरुले मलाई बारम्वार ट्याक्टरमा लोड गरिएको गोलाईको दरपिठ गर्न दबाव दिई रहे । तर् मैलै गरिन’— वन रक्षक सोरखले भने, ‘निवेदकले ल्याएको कागजातमा उल्लेख गरिए अनुसारको घाटगद्दीको गोलाईको नाप, साईज मिली रहेको थिएन् । उनीहरु जर्बजस्ती अटेर गर्दै थिए।’
काम प्रयोजनका लागि वन कार्यालयबाट प्राप्त गर्नु पर्ने कुनै पनि टाँचा कम्तीमा रेन्जर वा सो पद भन्दा माथिका कर्मचारीले बुझ्नु पर्ने र उनैको रोहवरमा टाँचा लगाउनु पर्ने वन ऐन तथा नियमावली २०५१ ले निर्देशित गरेको छ ।
उक्त वन ऐन तथा नियमावली बमोजिम अधिकार प्राप्त अधिकारीबाट ईजाजत पत्र नलिई कसैले कुनै किसिमको वन पैदावर उपलब्ध गर्न, संकलन गर्न, हटाउन, बिक्री वितरण गर्न वा ओसार पसार गर्न निषेध गरेको छ ।
भान्से सिटौलालाई केही वर्षदेखि करारमा चौकीदारको दर्जामा वनले राखेको हो । आफुलाई आपुर्ती समितिमा रहेका रेन्जर कपिलदेव यादवले टाँचा दिएर रतनपुरी पठाएको भान्से सिटौलाले स्वीकारे । गोलाई लिन आएका मनोज पटेलको मोटर साईकलमा बसी रतनपुरी गएको भन्से सिटौलाले बताए । त्यस दिन आफू कार्यालयमा नभएपनि भान्से सिटौलालाई टाँचा दिएर रतनपुरीको गोलाईमा लगाउन पठाएको रेन्जर यादवले स्वीकारे ।
‘कुनै पनि वन कार्यालयको मुटू भनेकै टाँचा हो । त्यो माथि पनि आपुर्ती समितिको बिक्री टाँचा कानुन विपरितका व्यक्तीको हातमा पुग्नु गैर कानुनी काम र चलखेल हुन सक्छ,’ अवकाश प्राप्त एक वन अधिकृतले आशंका गर्दै भने, ‘वनको टाँचा राज्यकै लागि निक्कै सम्वेदनशील चिज हो । यदी यो हराए, चोरी भए । सम्बन्धित विभाग, मन्त्रालय, स्थानीय प्रहरी, प्रशासन लगायत माथिल्लो प्रहरी प्रशासनलाई यथाशिघ्र लिखित जानकारी गराउनु पर्ने हुन्छ । टाँचामा नैं वन कार्यालयको अस्तित्व छ।’
यता टाँचा बुझ्ने कर्मचारी गैर जिम्मेवार भएकोले सो समस्या आएको देखिएस्को् छ । ‘सच्याउन भनेको छु,’ भन्दै डिभिजन वन कार्यालय बाराका प्रमुख एंव डिएफओ मन्जुर अहमदले प्रतिक्रिया दिएका छन् ।
-
देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
दक्षिण एसियाली खेलकुद ‘साग’ : ५१ मध्ये नेपाल आर्मी सम्बद्ध खेलाडीबाट २३ स्वर्ण पदक
-
९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने
-
१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी
-
साग अन्तर्गत आज १३ खेलमा प्रतिस्पर्धा हुँदै
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदाशलाई पुन चौथो पटक म्याद थप
-
देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी
-
धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, कोशी राजमार्ग अवरुद्ध
-
स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्यो ५ एजेन्डा
-
फिलिपिन्सको मिन्डानाओमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
-
मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनीलाई
-
सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
अकुपाईं टुंडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई
-
महिला फुटबलको फिफा वरियतामा नेपालको तीन स्थान सुधार
-
छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा
-
वरिष्ठ नेता पौडेल भेट्न बोहराटार पुगे सभापति देउवा
-
धनुषा बम विष्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु
-
पाँच तस्वीरमा मुस्ताङ र म्याग्दीको हिमपात
-
देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे