किन दिए फोरम सांसद यादवले राजीनामा ?

title
मङ्लबार, साउन २८, २०७६

काठमाडौँ । संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी, १ बाट निर्वाचित सांसद सूर्यनारायण यादव‘सुरज’ले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै सांसद यादवले राजीनामा संसद सचिवालयमा दर्ता गराएको सचिवालयले जानकारी दिएको छ।

उनको राजीनामाको विषय सभामुखलाई जानकारी भएपनि महराले राजीनामा स्विकृत भने गरेका छैनन् ।

संघीय समाजवादी फोरम स्रोतका अनुसार १ वर्षअघिदेखिनै उनले राजीनामा दिने बताइरहेका थिए । फोरमका एकजना नेताका अनुसार पार्टीप्रति चित्त नबुझेको भन्दै बेलाबेलामा उनले राजीनामा दिने बताएपनि के कारणले राजीनामा दिए भन्ने थाहा हुन सकेको छैन ।