क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दीपलाई अमेरिकाले भिसा दिएन

क्रिकेट खेल्न अमेरिका जान लागेका सन्दीपलाई अमेरिकाले भिसा दिएन
मङ्लबार, साउन २८, २०७६

काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका सन्दीपलाई भिसा नदिएको उनले सामाजिक सञ्जाल टिवटरमार्फत् जानकारी गराएका छन् ।

सन्दीपले ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मेन्सन गर्दै ट्विटरमा आफ्नोे भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको बताएका छन् ।

आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।