अन्तत: दियो अमेरिकी दुतावासले सन्दीपलाई भिसा

अन्तत: दियो अमेरिकी दुतावासले सन्दीपलाई भिसा
मङ्लबार, साउन २८, २०७६

काठमाडौं- अमेरिकी दूतावासले  क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ।

मंगलबार विहान भिसा दिन अस्वीकार गरेको दूताबासले सन्दीपलाई  फेरि बोलाएर भिषा दिएको हो।

सन्दीपले भिसा नदिँदा आफू आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितलाई मेन्सन गर्दै ट्वीट गरेपछि भिसा नपाएको विषयले चर्चा पाएको थियो।

फेरि दु्तावासले सन्दीपलाई बोलाएर भिसा दिएको छ। अव सन्दीप क्रिकेट खेल्नका लागि अमेरिका जानका लागि कुनै अवरोध छैन।

भिसा पाएलगत्तै सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अमेरिकी दुतावाससहितलाई धन्यवाद दिएर ट्वीट गरेका छन्।