पोखराको न्यूरोडमा लागेको आगो नियन्त्रणमा, मानिस फसेको आशंका गलत पुष्टी

title
मङ्लबार, साउन २८, २०७६

पोखरा– पोखराको न्यूरोडमा लागेको भिषण आगलागी नियन्त्रणमा आएको छ। न्यूरोडस्थित ध्रुव इलेक्ट्रिकल वर्कसमा लागेको आगो नियन्त्रण बाहिर पुगेको पुगेपछि मात्र नियन्त्रण निकायलाई थाहा भएको थियो।

आगलागि भएको घरभित्र मानिस फसेको आशंकामा स्थानीयले गरेपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र महानगरपालिकाका अग्नी नियन्त्रकको टोली खटेको थियो। स्थानीय, पानी ट्याङ्कर तथा महानगरपालिकाका चारवटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास सफल भएको हो।

तर, आगो नियन्त्रणमा आइसक्दा घरभित्र मानिस फसेको आशंका गलत पुष्टी भएको छ। क्षतिको विवरण भने आइसकेको छैन।