उदयपुरमा खुल्यो सुविधा सम्पन्न आँखा अस्पताल

उदयपुरमा खुल्यो सुविधा सम्पन्न आँखा अस्पताल
बुधबार, साउन २९, २०७६

गणेश उप्रेती

उदयपुर । आखाँका विरामीहरुलाई सहजरुपमा उपचार गराउने उदेश्यले उदयपुरमा तीन करोडभन्दा बढीको लगानीमा सुविधा सम्पन्न आखाँ अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

आखाँको प्रथामिक उपचार बाहेकाका उपचार गर्ने अस्पताल नहुँदा आँखाकै उपचारका लागि टाढासम्म जानुपर्ने बाध्यता हटाउन सुविधा सम्पन्न अस्पतालको निर्माण भएको हो ।

नेत्र ज्योती संघ उदयपुरले निर्माण शुरु गरेको भवनको काम तिब्र गतिमा अघि बढको हो । उदयपुर सहितका छिमेकी जिल्लाका सर्वसाधरणलाई सहज रुपमा आखाँको उपचार गर्नका लागि त्रियुगा नगरपालिकाले एक विगाहा जग्गा छुट्टाएको थियो । अहिले त्यहाँ सुविधा समपन्न आखाँ अस्पताल निमार्ण भइरहेको छ । अस्पताल संचालनमा आएपछि आधुनिक मेसिनहरुबाट उपचार हुनेभए पछी स्थानीयमा खुशी छाएको छ ।

आफ्नै ठाउँमा सुविधासम्पन्न आँखा अस्पताल निर्माण हुँदा खुसीयाली छाएको स्थानीय जंगबहादुर खड्काले बताए । विगत १० बर्ष देखि त्रियुगा नगरपालिका गाईघाटको तालिम भवनमा संचालन हुँदै आएको प्राथामिक आखाँ अस्पतालमा उदयपुर सहित खोटाङ तथा भोजपुरका केहि भागबाट समेत उपचारका लागि विरामी आउने गरेका छन । प्राथमिक उपचार केन्द्रमै बार्षिक १८ हजार बढीले आखाँको उपचार गर्ने गरेको प्राथमिक आँखा उपचार केन्द्र गाईघाटका चिकित्सक डुल्लीराज तिम्सिनाले बताए।

उदयपुर क्षेत्र नम्बर–२ बाट संविधानसभा सदस्यमा निर्वाचित मन्जुकुमारी चौधरीको संसद विकास कोषको रकमबाट छुट्याएको ४० लाख रुपौयाबाट निर्माण सुरु भएको भवनमा नेपाल सरकारको एककरोड ५० लाख, जापानी दुतावासको ९१ लाख र नेपाल नेत्र ज्योति संघ उदयपुरको १५ लाख गरी दुईकरोड ९६ लाख खर्च भै सकेको छ । निर्माएणको अन्तिम चरण्मा रहेको भवन आगामी छ महिना भित्र सञ्चालनमा आउने नेत्रज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतले बताए।

आखाँ जस्तो संवेदनसिल अगंका बिरामीहरुलाई लक्षित गरी निर्माण शुरु गरिएको मदन भण्डारी आखाँ अस्पतालको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ । यहि गतिमा काम भए अवको तीन महिनाभित्र भवन निर्माण सम्पन्न हुने छ ।

तोकिएकै समयमा भवन निर्माण सम्पन्न भइ विशेषज्ञ चिकित्सकसहित उपचार सुरु भए उदयपुरसहित खोटाङ, भोजपुर, ओखलढुंगा, सिराहा, सप्तरी तथा भारतका केही स्थानका विरामीहरु समेत उदयपुर आउने बताइएको छ । जसले गाइघाटको आर्थिक समृद्धिको ढोका समेत खुल्ने सरोकारवालाको बुझाई छ ।