धितोपत्र बजार : नेप्से परिसूचक ओरालो यात्रामै

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो यात्रामै
बुधबार, साउन २९, २०७६

काठमाडौं- धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५ दशम्लव १७ बिन्दुले घटेर एक हजार २२५ दशम्लव ९० मा झरेको छ।

त्यस्तै सेन्सेटिभ इनुडेक्स १ दशम्लव २२ बिन्दुले घटेर २६५ दशम्लव ९३ मा रोकिएको छ। परिसूचक ओरालो लागेसँगै कारोवार रकम पनि न्यून रह्यो। स्टकका अनुसार आज कूल १६९ कम्पनीका १० लाख ६९ हजार ६९० कित्ता शेयर २५ करोड ७२ लाख ८५ हजार एकमा खरीद बिक्री भए।

कारोवार भएका १२ उपसमूहमध्ये लघुवित्तको शेयर मात्र उकालो लागेको छ। लघुवित्तको शेयर शून्य दशम्लव .१४ अङ्कले बढ्दा बैङ्किङ ६ दशम्लव ४९, व्यापार एक दशम्लव ७७, होटल २१ दशम्लःव २१, विकास बैंक शून्य दशम्लव ५२, जलविद्युत् सात दशमुलव १३, वित्त एक दशम्लव ०८, निर्जीवन बीमा १० दशम्लव ३६, उत्पादन नौ दशम्लव ८१, अन्य शून्य दशम्लव ०७, जीवनबीमा २२ दशम्लव ०६ र सामूहिक लगानी कोषको शेयर शून्य दशम्लव ०५ अङ्कले घटेको छ।

कारोवार रकमका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकका शेयर दुई करोड १० लाख ६२ हजार ५४१ रुपैयामा खरीदबिक्री भयो। त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका एक करोड ५८ लाख ७१ हजार ४७९, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको एक करोड १५ लाख ९५ हजार ७३२ र प्रभु बैंक लिमिटेडका शेयर रु एक करोड चार लाख ३७ हजार ३०८ रुपैयामा खरीदबिक्री भए।

घटेको बजारमा विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले चार दशम्लव २६, एनएलजी इन्सुरेन्स कम्पनी दुई दशम्लव ५३, घलेम्दी हाइड्रोपावरकाे दुई दशम्लव ४७, हिमालय ऊर्जा विकास कम्पनीकाे दुई दशम्लव ३४ र मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले दुई दशम्लव १५ प्रतिशतले कमाएका छन्।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ५.३० प्रतिशतले गुमाउँदा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था तीन दशम्लव ६०, गुडविल फाइनान्स कम्पनी दुई दशम्लव ४९, सनराइज बैंक दुई दशम्लव ८६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था दुई दशम्लव ८३ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले दुई दशम्लव ८३ प्रतिशतले गुमाएका छन्।