आज जनैपूर्णिमा, तराईमा राखी बाँध्ने प्रचलन

काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
भयो ।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।
यसै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन् ।
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने
-
१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी
-
साग अन्तर्गत आज १३ खेलमा प्रतिस्पर्धा हुँदै
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
मनाङमा जापानका नागरिक मृत फेला
-
साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
-
सीमा विवाद कुटनीतिक पहलबाटै समाधान हुन्छः नेकपा अध्यक्ष प्रचण्ड
-
१३ औं साग अपडेट : २९ स्वर्णसहित नेपालको अग्रता कायमै, २७ स्वर्णसहित भारत दोस्रो
-
उपनिर्वाचनमा आत्मघात नभएको नेकपाको निष्कर्ष
-
गढीमाईमा मेला भर्न जाँदा यातायात अस्तव्यस्त
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
साग फुटबलको पहिलो हाफ : नेपाल र भुटान १/१ गोलको बराबरी
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
साग फुटबलको फाइनल जारी, नेपाल १-० ले अगाडि
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
बुधबारदेखि हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना
-
विश्व मानव अधिकार दिवसको राष्ट्रपतिद्वारा शुभकामना
-
साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने
-
१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी
-
सागमा नेपाली महिला फुटबल टोली भारतसँग स्तब्ध
-
काठमाडौँमा आज बिजोर नम्बरप्लेट भएका सवारी सञ्चालनमा रोक
-
खोटाङमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
-
साग महिला फुटबल– घरेलु मैदानमा स्वर्ण जित्ने अवसर