प्रधामन्त्री ओली फेरि विरामी, नेकपा सचिवालय बैठक स्थगित

प्रधामन्त्री ओली फेरि विरामी, नेकपा सचिवालय बैठक स्थगित
बिहिबार, साउन ३०, २०७६

काठमाडौं । सिंगापुरबाट उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि विरामी परेका छन्। ओलीलाई ज्वरोले च्यापेपछि बिहीबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई ज्वरोले च्यापेपछि बैठक भोली ३ बजेसम्मका लागि स्थगित भएको हो।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओलीमा बेला बेला स्वास्थ्य समस्या देखिने गरेको छ । पछिल्लो पटक १० दिन सिंगापुरमा रहेर ओलीले फेरि मृगौला प्रत्यारोपणबारे पनि त्यहाँका चिकित्सकसँग परामर्श लिएका थिए ।