हेटौँडाको नेवार पानीमा बस बस दुर्घटना, १ जनाको मृत्यु, १५ जना घाइते

title
शुक्रबार, साउन ३१, २०७६

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१९ नेवार पानीमा बस बस दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । आज बिहान करिब साढे २ बजे काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउने सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका–५ का ५८ वर्षीय मुकेश शर्मा रहेका छन् । घाइतेहरुको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको ।