नेकपाको सचिवालय बैठक जारी : नेताहरुको कार्यविभाजनका विषयमा छलफल

title
शुक्रबार, साउन ३१, २०७६

काठमाडौं । नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीकाे सरकारी निवास बाल्वाटारमा जारी छ। जारी बैठकमा नेताहरुको कार्यविभाजन तथा विभाग गठनका विषयमा छलफल भइरहेको छ। यस अघि स्कुल विभागको विवादले स्थगित बैठकबाट विवाद समाधानसहित नेताहरुको कार्यविभाजन टुंग्याउने लक्ष्य लिएको छ।

यसअघि पटकपटक बोलाउँदै स्थगित गरिँदै आएको बैठकनेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि  स्थगित भएको थियो।

केही दिनअघि मात्रै सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किएलगत्तै पार्टी र सरकारको कामको धपेडीले अध्यक्ष ओलीको स्वास्थ्य विग्रिएपछि हिजो सचिवालय बैठक बस्न नसकेको नेकपाको सचिवालयले जनाएको छ । आजका लागि बोलाइएको बैठक बसेमा पार्टीभित्र लामो समयदेखि कुरा मिल्न नसकेका विभागहरु गठनको विषयमा छलफल हुनेछ।

नेकपामा मुख्य रुपमा स्कुल विभागमा धेरै नेताहरुको दाबी रहेका कारण कुरा मिल्न सकिरहेको छैन्।