तेस्रोलिंगीको महान चाड गाइजात्रा : मृतकलाई सम्झनेमात्र हैन पहिचान खुलाउने पर्व

title
शुक्रबार, साउन ३१, २०७६

काठमाडौं : नेवारी समुदायले दिवङ्गत आफन्तको सम्झना मनाउने गाइजात्रा समलिंगी तेस्रो लिंगीले भने महान चाडका रुपमा मनाउने गरेका छन्।

नेपालमा सुरुवाति अवस्थामा खुलेर हिड्नसमेत नसक्ने तेस्रोलिंगीहरुले  गाइजात्रा मार्फत आफूलाई वास्तविक पहिचानमा प्रस्तुत गरेका थिए। त्यसयता समलिंगी तेस्रोलिंगीहरुलाई गाईजात्रालाई विशेष पर्वका रुपमा मनाउने गरेका छन्।

दाताहरुकोफ सहयोग समेत प्राप्त हुने हुनाले देशभरका विभिन्न स्थानबाट प्रतिनिधिमुलक रुपमा तेस्रोलिंगीहरु काठमाडौ आउनेगरेका छन्। नेवार समुदायले मनाउने गाइजा तेस्रो लिंगीले समुदायले भने जुनसुकै जातिले समुहिकरुपमा मनाउने गरेका छन् ।

उनीहरुले थारु, मधेसी, थकाली, तामाङ नेवासमेत भएर एकसाथ गाइजात्रा मनाउने गर्छन्। हरेक वर्ष ठमेलको संचयकोष भवन अगाडी जम्मा भएर समलिंगी तेस्रोलिंगीहरुले विभिन्न स्थानको परिक्रमा गरी आफ्नो पहिचान खोलेपछि वा तेस्रो लिंगी पहिचान खोल्नै नसकि मृत्युबरण गरेकाहरुको आत्मा शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्ने गरेका छन् ।