अटोमेटिक पेस्तोल र गोली सहित एकजना पक्राउ

title
शनिबार, साउन ३२, २०७६

काठमाडौं । प्रहरीले नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित एकजनालाइ पक्राउ गरेको छ ।

ललितपुर कोन्ज्योसम गाउँपालिका-२ का मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान पेस्तोलसहित पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौं आउँदै गरेको बा.२ ख १९८० नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।