फ्रेन्च क्लब पी.एस.जीका फरवार्ड एम्बाप्पे विश्वकै सर्वाधिक महंगा खेलाडी

title
शनिबार, साउन ३२, २०७६

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक महंगा खेलाडी बनेका छन् । सी.आई.इ.एस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको महंगा खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा परेका हुन् ।

फ्रान्सका यूवा फरवार्ड एमबाप्पेले लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङलाई पछि पारेका छन । अध्ययन अनुसार एमबाप्पेको मूल्य २ सय ३० मिलियन पाउण्ड रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेका सलाहको मूल्य २ सय मिलियन पाउण्ड र स्ट्रलिङको मूल्य १ सय ९० मिलियन पाउण्ड रहेको छ ।

त्यस्तै चौथो स्थानमा रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीको मूल्य १ सय ५३ मिलियन पाउण्ड र बोरुसिया डर्टमण्डका जाडोन सान्चो १ सय ४५ मिलियन पाउण्डको रेकर्डसहित पाँचौं स्थानमा रहेका छन् । त्यस्तै लिभरपुलका साडियो माने १ सय ४४ मिलियनसहित छैटौं, टोटेनह्यामका ह्यारी केन १ सय ४३ मिलियनसहित सातौं, लिभरपुलका रोबर्टो फिर्मिन्हो १ सय ३२ मिलियनसहित आठौं, बार्सिलोनाका एन्टोनी ग्रीजम्यान १ सय ३१ मिलियनसहित नवौं र म्यानचेस्टर सिटीका लोरी साने १ सय २५ मिलियनसहित दशौं स्थानमा रहेका छन् ।