ह्वासीन सिमेन्टले पुनः १ सय ८१ रोपनी जग्गा भाडामा लिने प्रक्रिया थाल्यो

title
शनिबार, साउन ३२, २०७६

काठमाडौं । सिमेन्ट उद्योग सञ्चालनका लागि गाउँपालिकासँग भाडामा लिएको सरकारी जग्गा भाडा सम्झौता खारेज भएपछि ह्वाजिन सिमेन्टले उद्योग आसपासकै क्षेत्रमा अर्को जग्गा भाडामा लिने प्रक्रिया अघि बढाएको छ । सार्वजनीक लेखा समितिले यसअघी सार्वजनीक जग्गा कानुन् विपरित् भाडामा लिएको भन्दै सम्झौता तत्काल रद्ध गर्न निर्देशन दिएको थियो ।

लगत्तै चिनियां लगानीको ह्वासीन सिमेन्टले बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तिमा रहेको एक सय ८१ रोपनी ३ आना ४ पैसा ६ दाम जग्गा पहिलो चरणमा ३० वर्षका लागि भाडामा लिन निवेदन हालेको हो । स्थानीय सरकारसंग जग्गा भाडा लिएपछि विवादमा तानिएको ह्वासीन सिमेन्टले अहिले आवश्यकता अनुसार भाडा समय अवधि बढाउन सकिने गरी जग्गा मागेको छ ।

गाउँपालिकाले प्रतिरोपनी ४ लाख ८ हजार २८ रुपैयाँ ५ पैसा वार्षिक भाडामा उद्योगलाई जमिन दिन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले पुष्टि गरेका छन् । ह्वासीनले निवेदन हालेपछि मालपोत कार्यालय धादिङमा श्रेस्ता कायम भएका जग्गा भाडामा दिने सम्वन्धी फाईल जिल्ला प्रशासन कार्यालयमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

लगत्तै धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले सिफारिसका आधारमा जमिन भाडा प्रयोजनका लागि भूमि व्यवस्था तथा अभिलेख विभागलाई सिफारिस गरि पठाएका छन् । अब उक्त फाईल सम्वन्धीत मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेश हुनेछ ।