देश विकासका लागि सबै एकजुट हुनुपर्छः नेपाल

title
शनिबार, साउन ३२, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले देश विकासका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन् । शनिवार काठमाडौमा भएको कार्यक्रममा नेता नेपालले देश विकासका लागि नागरिक, संघ–संस्था र सरकार सबैको जिम्मेवारी समान रहेको बताएका हुृन् ।

सानो–ठूलो जस्तोसुकै काममा नागरिक सुस्त भए सरकार पनि सुस्त हुने उनले बताए । जनताले सरकारबाट धेरै अपेक्षा गरेको तर जनताको अपेक्षा अनुसार काम नभएको स्विकार्दै उनले नागरिक, संघ–संस्था र सरकारले हातेमालो गर्न सके ठूला–ठूला काम समेत सफल हुने नेपालले विश्वास व्यक्त गरेका छन् ।

सरकारले गरेका कतिपय काम आवाश्यक अध्यन, अनुसन्धान र तयारीबिनै आएकाले सरकार निर्णयबाट पछि हटेको भन्दै नेपालले चिन्ता पनि व्यक्त गरेका छन् ।