उपत्यका लगाएतका बिभिन्न जिल्लामा डेंगुको आतंक

title
आइतवार, भदौ १, २०७६

सिर्जना मिश्र । काठमाडौँ उपत्यका लगाएतका मुलुकका बिभिन्न जिल्लामा डेंगु रोगको संक्रमण फैलिएको छ ।

सुरुमा सुनसरी र धरानमा महामारीको रुप लिएको डेंगुका विरामी बढेपछि मोफसलका धेरै अस्पताल भरिएका छन् र काठमाडौका अस्पतालमा समेत डेंगु संक्रमितको संख्या बढेको छ ।

ज्वरो आउने, टाउको दुख्ने खान मन नलाग्ने, बान्ता हुने जस्ता सामान्य लक्षण देखिएर स्वास्थ्य परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका हेटैडाका दलवहादुर अस्तानि मगरको पुरै परिवारमा डेगुंको संक्रमण पुष्टि भएको छ ।

अहिले सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि आउने अस्तानी जस्ता दजर्नौं विरामीमा डेंगुको संक्रमण भेटीएको अस्पतालले जनाएको छ । केहि सातायता उपत्यका भित्रैबाट यस्ता विरामी थपिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा.शेरबहादुर पुनले जानकारी दिए ।

सन् २००३ मा पहिलोपटक वर्षायाममा चितवनमा डेंगु सक्रमीत बिरामी भेटिए पनि २०१० मा यही रोगका कारण १० जनाको ज्यान गएको थियो । त्यसपछि सरकारले निरन्तर डेंगु रोग रोकथाम सम्वन्धित विभिन्न जनचेतना मुलक कार्यक्रम चलाउदै आएको छ । तर रोगको संक्रमण नियन्त्रण बाहिर जाने त्रास बढेको छ । अहिले कास्की, मकवानपुर सुनसरी, धरान हुंदै उपत्यकाका ३ जिल्लाबाट समेत विरामी आउन थालेपछि रोग प्रभावित जिल्लामा विशेष अभियान चलाइएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवतmा महेन्द्रप्रसाद श्रेष्ठ बताएका छन् ।

चिकित्सकका अनुसार, सामान्यता छिर्के–बिर्के देखिने संक्रमित लामखुट्ेले आफ्नो एक जीवन चक्रमा १ सय देखि २०० सम्म अण्डा पार्दछ । यस्ता लामखुट्टे सफा र स्वच्छ पानीमा हुर्कने भएकाले यसतर्फ सचेत रहनुपर्ने चिकित्सकहरु बताउंछन् ।

आफ्नो वरपर पानी जम्ने खाल्डाखुल्डी नराख्न, लामो समयसम्म घर भित्र पानी नजमाउन चिकित्सकले सुझाव दिने गरेका छन्, जहां त्यस्ता लामखुट्टेले अण्डा पार्ने जोखीम हुन्छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार, यो बीचमा पोखरामा डेंगुका १९ बिरामी भेटिएका छन् । स्याङ्जा र तनहुँमा पनि एक–एक जनामा डेंगु पाइएको छ ।