प्रधानमन्त्रीबाट संसद बैठकमा सम्बोधन : राजतन्त्रवादीलाई सरकारले पत्याएको छैन्

title
आइतवार, भदौ १, २०७६

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नपत्याएकाले राजावादीहरु जुरमुराएको बताएका छन् ।

सरकारले उनिहरुलाई पत्याएका दिन कठोरताका साथ संविधान र अहिलेको उपलब्धिको रक्षाका निमित्त उत्रने प्रधानमन्त्री ओलीले दृढता व्गरेका छन् । आज(आईतवार) संसदलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारको उदारताका कारण केही तत्व बढ्ता हौसिएको बताए । तर सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भनिए त्यो मान्य नहुने उनको चेतावनी छ ।

राजसंस्था र शक्तिका कुरा गर्नेहरुलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले चिहानमा गएर हड्डी फुकेर राजसंस्था संस्था फर्काउँछु भन्ने परिकल्पना गर्नु बेमौसमको बाजा भएको बताएका छन् ।