मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

title
आइतवार, भदौ १, २०७६

काठमाडौ । मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिले आज(आईतवार) काठमाडौंमा पत्रकार सम्मेलन गरी सोमबार र मंगलबार सम्मेलन हुने जानकारी दिएको हो । सो सम्मेलन माक्र्सीय गुरुकुल, नेपाल संस्कृत विश्वविद्यालय र नेपाल खुल्ला विश्वविद्यालयको आयोजनामा मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

एसियाली तथा पूर्वीय दर्शनहरुको आफ्नो छ्ट्टै पहिचान संसारमा स्थापित भएको आयोजकको दाबी छ । चीनमा स्थापित दर्शनहरु जापानमा स्थापित दर्शन तथा भारतमा र नेपालमा भएका मौलिक दर्शनहरुलाई कसैले पनि महत्व नदिएकाले सम्मेलनमा यसबारे बहस हुनेछ ।

एसियाली तथा पूर्वीय दुवै पक्षहरुमा भएका महत्वपूर्ण विचार र व्यवहारलाई मध्यनजर गर्दै सम्मेलनको आयोजना गरिएको आयोजक समितिका संयोजक प्रा. डा. काशीनाथ न्यौपानेले बताएका छन् ।

सम्मेलनमा नेपाल, भारत, चीन, कोरिया, बेलायत आदि देशहरुबाट मार्क्सवाद तथा पूर्वीय दर्शन्का ख्याति प्राप्त विद्धानहरुको सहभागीता हुने आयोजकले जनाएको छ ।