सत्तारुढ नेकपामा माधव नेपालको बरियता खोसियो, अध्यक्षद्वयपछि झलनाथ खनाल तेस्रो

सत्तारुढ नेकपामा माधव नेपालको बरियता खोसियो, अध्यक्षद्वयपछि झलनाथ खनाल तेस्रो
आइतवार, भदौ १, २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा माधवकुमार नेपाललको तेस्रो वरियता खोसिएको छ ।

आज (आईतबार) प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले झलनाथ खनाललाई तेस्रो वरियतामा राख्ने निर्णय गरेको हो ।

अब नेता नेपाल पार्टीको बरियतामा चौथो नम्बरमा पुगेका छन् । तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा नेता नेपाललाई राखिएको थियो ।

नेता खनालले त्यसमा असहमति जनाउँदै आफू तेस्रो वरियतामा हुनुपर्ने माग गरेका थिए ।