पार्टी एकताको सम्झौता अनुसार सरकारको नेतृत्व गरिन्छ : नेकपा अध्यक्ष दाहाल

title
सोमवार, भदौ २, २०७६

पुरन शाह / धनुषा । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व एकताका लागि भएको सम्झौता अनुसार हुने बताएका छन् ।

सशस्त्र युद्धका क्रममा मारिएका तत्कालिन माओवादीका नेता रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन धर्मपत्नी सिता दाहालसहित जनकपुर पुगेका अध्यक्ष दाहालले विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा पाँच वर्ष पार्टीले नै सरकार चलाउने निश्चित भएपनि नेतृत्व भने पार्टी एकता हुँदाको सम्झौता अनुसार हुने बताए ।

पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारको पहिलो वर्ष भने सुखद रहन नसकेको अध्यक्ष दाहालको स्वीकारेका छन् । पार्टी एकता र विकल्पका बारेमा आफुले बोलेको कुरालाई सञ्चार जगतले गलत व्याख्या गरेको भन्दै दाहालले एकता गरिसकेपछि अब कुनै विकल्प नरहेको र अन्य केहि सोच्न पनि नहुने बताए ।