नेकपा अध्यक्ष ओलीले आफुमाथी अन्याय गरेकाे नेता नेपालको गुनासो

title
सोमवार, भदौ २, २०७६

पुरन शाह/ धनुषा । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीप्रति असन्तुष्टी जनाएका छन् ।

तत्कालिन समयमा झलनाथमाथि र अहिले आफूमाथी अन्याय भएको बताएका छन् । उनले पहिले र अहिले पार्टीको अवस्था भिन्न रहेको भन्दै अध्यक्ष ओली सच्चिनुपर्ने बताए ।

पार्टीमा चौथो वरियतामा झारिएपछि वरिष्ठ नेता नेपाल असन्तुष्ट बनेका छन् । नेता नेपालले समेत पार्टीले ऐतिहासिक रुपमा पाएको सरकारको नेतृत्वले अवसरको सदुपयोग गर्न नसकेको बताए ।