निर्वाचन आयोगले तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पार्याे

title
सोमवार, भदौ २, २०७६

काठमाडौ । निर्वाचन आयोगले तेश्रो पञ्चबर्षीय रणनीतिक योजना तयार पारेको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी रुपमा सम्पन्न गर्दै आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेश्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६÷७७ –२०८०÷८१) तयार पारेको हो ।

आयोगको तेश्रो पञ्चबर्षीय रणनीतिक योजनका लागि ५ वटा रणनीति अन्र्तगत ४० वटा कार्यनीति तय गरिएको छ । कार्यनीतिहरु कार्यान्वनयका लागि ५ बर्षको कार्ययोजना समेत तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ ।

आयोग परिसरमा आज(सोमवार) पत्रकारहरुसंग कुरा गर्दै प्रवक्ता शंकर प्रसाद खरेलले ७ वटै प्रदेश र सम्बन्धीत क्षेत्रका निकायसंग गरिएको परामर्शबाट प्राप्त सुझावहरु राखेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिएका छन् ।
स्वच्छ ,स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन मार्फत नागरिकलाई राजनीतिक अधिकारको निर्वाध उपभोग गर्ने अवसरको सुनिश्चितता प्रदान गर्ने लक्ष्य प्राप्तीका लागि रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताए ।

आयोगले पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास गर्ने, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधार गर्ने, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन गर्ने र निर्वाचन एवं नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति तय गरेको छ ।