प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

title
मङ्लबार, भदौ ३, २०७६

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज(मङ्गलवार)का लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा आमन्त्रण गरे । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी गरी चार राजनीतिक दल छन् ।

लामो समयदेखि दलहरुबीचको सम्वादहीनताको प्रधानमन्त्रीद्वारा बोलाईएको सर्वदलीय बैठकले अन्त्य गर्ने अपेक्षा गरिएको छ । बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनैतिक विषय र आफ्ना आसन्न सिंगापुर भ्रमण बारे जानकारी गराउने पनि बताईएको छ ।

बैठक आज(मङ्गलवार) साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।