सिंहदरवारभित्रै मृत भेटिएका कर्मचारीको ‘सुसाइड नोट’ : श्रीमतीलाई सन्देश ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’

title
मङ्लबार, भदौ ३, २०७६

काठमाडौं- सिंहदरवारभित्रै मृत भेटिएका कर्मचारीको ‘सुसाइड नोट’ फेला परेको छ। नोटका आधारमा उनको आत्महत्या हुनसक्ने अनुमान गरिएपनि त्यसको परिक्षणका लागि लागिएको छ।

राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए। उनको सुसाइड नोट प्रहरीले भेट्टाएको बताएको छ।

त्यसरी भेटिएको नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेको पाइएको छ।किर्तिपूर घर भएका केसी राती ८ बजे कार्यलय प्रवेश गरेर बैठङ्क हलभित्र मृत भेटिएको बताएको छ।

तर, सुसाइड नोटमा भने आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन। पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेको भेटिएको छ।

घटनास्थलमा पुगेका प्रहरी अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन्। यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएर रिपोर्ट आएपछि मात्र त्यसको आधिकारिकता पुष्टी हुनेछ।

प्रहरीले केसीको शव भेटिएको ठाउँ नजिकै बालीनालीमा प्रयोग गरिने किटनाशक विषादीको खोल भेटिएको बताएको छ। औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको हुन सक्ने प्रहरीको आशंका छ।

यो पनि हेर्नुहोस्

सिंहदरवारभित्रै मृत भेटिए कर्मचारी : सिसिटिभी फूटेजमा राति ८ बजे कार्यालय छिरेको देखियो