धनगढीको निसर्ग अस्पतालमा तनाव : ‍सोमबार मृत्यु मंगलबार मात्र आफन्तलाई जानकारी

title
मङ्लबार, भदौ ३, २०७६

दिपेन्द्र भट्ट

कैलाली-धनगढीस्थित निर्सग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त भएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका–१२ ओदालीका ५० बर्षीय मदनसिंह भण्डारीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो।

भण्डारीको सोमबार बिहान पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो। उनको दिउँसो साढे ३ बजे पित्तथैलीको दुर्वीन प्रबिधिबाट अप्रेसन गरिएको थियो। अप्रेसनमा डाक्टर निराज आलम अन्सारी संलग्न थिए।

अस्पताल सञ्चालक समितिका सदस्य कुवेर शाहीले अप्रेसनपछि हृदयघातका कारण बिरामीको मृत्यु भएको जानकारी बताएका छन्। सोमबार राती १२ बजे नै मृत्यु भएपनि अस्पतालले आफन्ताई मंगलबार दिउँसो मात्र जानकारी दिएको हो।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तजले विरोधमा नारावाजी गरेका छन् । आज दिउसो आफन्त आएपछि अस्पाताल वाहिर राखेका गमलालगायतका सामग्री तोड्फोड गरेका छन्।

अहिले अस्पताल प्रशासन र मृतककाआफन्तबीच छलफल भईरहेको जिल्लाप्रहरी कार्यालय कैलालीका प्रहरी नायवउपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। अस्पातल गेटमा बाक्लो रुपमा सुरक्षाकर्मी परीचालन गरिएको छ। चेक जाँच पछि मात्र गेटमा भित्रवाहिर जानदिएको छ।

अस्पताल सञ्चालक समितिले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।