रवि लामिछानेलाई अनुसन्धान गर्न अदालतले दियो थप ५ दिनको समय : अन्याय भएको भन्दै रवि समर्थक विरोधमा

title
मङ्लबार, भदौ ३, २०७६

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरिएको छ।

चितवन जिल्ला अदालतले रवि लामिछानेसहित न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो।

गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो।

शालिकराम मृत्यु प्रकरणमा रविसहित युवराज र अस्मिताले आत्महत्या दुरुत्साहनको कसुर गरेको भन्दै तीनै जनालाई पक्राउ परेका थिए। अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले थप ५ दिनसम्म प्रहरीको हिरासतमै रहनुपर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अस्मिता र युवराजको साबिति बयान लिइसकिएको जनाएको छ। युवराजको लिखित र अस्मिताको भिडियो बयान लिइएको जनाइएको छ। रविको भने मंगलबार विहान बयान लिने क्रम शुरु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतक पत्रकार पुडासैनीको शवको पोस्टमार्टम रिपोर्ट लगायत अन्य प्रमाण अदालतमा पेश गरेको जनाएको छ। रविमाथि अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार अदालती समयको शुरुवातमै उपस्थित गराइएपनि रविको पक्षमा अधिवक्ताको बहसका कारण म्याद थपको आदेश ढिला मात्रै आएको हो।

मंगलबार करिब आधा दर्जन अधिवक्ताहरुले रविको प्रतिरक्षामा बहस गरेका थिए। यता रवि पक्राउको भोलोपल्ट गत सुक्रबार देखि आन्दोलन थालेका रिवका समर्थकहरुले भने आन्दोलन थप चर्काउने घोझषणा गरेका छन् । उनीले अदालबाट पनि न्याय नमिलेको तथा रविलदाई फसाउने षडयन्त्र भएको भन्दै आन्दोलन चर्काउने घोषण गरेका हुन्।

रवि समर्थकले काठमाडौंमा जुलुस निकाल्न माइकिङ गर्दै घरघरबाट निस्कन आह्वान गरेका छन्।