सरकारी इन्जिनियरको त्रुटीले तैचुप मैचुप : कलंकी-नागढुंगा सडकमा थप एकवर्ष माग्दै ठेकेदार

title
मङ्लबार, भदौ ३, २०७६

शान्ता दनुवार

काठमाडौं -: काठमाडौंको भित्रने मुख्य नाका कलंकी नागढुंगा सडकखण्ड बिस्तारको काम अझै सम्पन्न भएको छैन् । २०७२ सालको असारमा सम्झौता भएर सुरु गरिएको सडक विस्तार कार्य म्याद सकिएको २ वर्ष नाघ्दासमेत सडकको अवस्थामा सुधार आएको छैन । सम्झौता अनुसार समयमा काम नसकिए पनि सरकारवाला निकाय ठेकेदारलाई म्याद थप्दै बसेको छ ।

दैनिक रुपमा लामो तथा छोटो दुरीको सवारी चल्ने कलंकीनागढुंगा सडक बिस्तारको काम अझै सकिएको छैन । चारवटा कम्पनिलाई निर्माणको जिम्मा दिइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजना ७० देखि ८५ प्रतिशतसम्म काम सकिएको उपलब्धी देखाएर बसेको छ ।

कतै ७० प्रतिशत कतै ८५ प्रतिशतसम्म काम सम्पन्न भएको छ, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन प्रसाद अर्यालले भने, ‘अवको दुईतीन महिनाभित्र सडकविस्तारलाई पूर्णता दिने छौं । उनले दशैंसम्म सडक विस्तारको कामले पूर्ण पाउने अपेक्षा गरेको बताए ।

 आयोजना प्रमुखले यस्तो भनेपनि ठेकेदार कम्पनीहरु भने अझै एक वर्षको समय मागेको भन्दै ढुक्कले बसेका छन् । सडक विस्तारको जिम्मा लिएको ठेकदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले आगामी जेठसम्म म्याद थप्न आयोजनासँग प्रस्ताव गरेको छ । शैलुङ कन्स्ट्रक्सनले यो सडक बिस्तारको काम २०७२ सालको असारबाट सुरु भएर २०७४ असोजसम्ममा सक्नुपर्ने थियो ।

 तर, काम नसक्नेलाई कारवाही गर्नुको साटो सरकारले ६ महिना, एक वर्ष गर्दै म्याद थप गरिरहेको छ । थप गरेको समयमा नबनेपनि गत बैसाखमा सरकारले तेस्रो पटक असारसम्मको म्याद थपेको थियो । तर, तेस्रोपटकको म्यादमा पनि नसकिदासमेत सरकारले ठेकेदारलाई कारवाही गर्न सकेको छैन । त्यसैले सरकारको कमजोरी बुझेका ठेकेदारले फेरि एक वर्ष म्याद थपको पूस्तावप गरेका छन् । निर्माण कम्पनीलाई अन्तिम मौका दिने भन्दै आयोजनाले पनि म्याद थपको तयारी गरिरहेको छ ।

गुर्जुधारा, सतुंगलबजार लगायतका केही स्थानमा विस्तारका लागि समस्या भएको छ, आयोजना प्रमुख अर्यालले भने, ‘ठेकेदारबाट एक वर्षको समय माग भएको छ, तर, हामी बढिमा तीन महिना मात्र दिने पक्षमा छौं ।

सडक बिस्तारमा भएको ढिलाइले काठमाडौंको प्रमुख नाका अस्तब्यस्त बनिरहेको छ । स्थानीय क्षेत्रमा हिलो र धुलोले सास्ती दिएको छ । दैनिक यो सडकमा यात्रा गर्नुपर्नेहरु ४ वर्षाै देखि पीडित छन् । सडक विस्तारमा भएको ढिलासुस्ती र लापर्वाहीले स्थानीयलाई धुलो मात्र खुवाएको छैन, यात्रु र सवारीचालकलाई त्यतिकै सास्ती दिएको छ ।

हामीलाई नौविसे आइसकेपछि चार देखि पाँच घण्टासम्म यही सडकमा विताउनुपर्ने बाध्यता छ, पश्चिम यातायातका चालक सोम लामाले भने, ‘अझै कति समय यस्तो समस्या झेल्नुपर्ने हो भनेर चिन्ता लाग्छ ।

सवारी चलक मात्र नभए यात्रुहरुको समस्या पनि उस्तै छ । उनीहरु घरबाट काठमाडौं पुग्ने र काम गर्ने सेड्युलसहित हिडेपनि बोटोकै कारण सेड्युल भत्किनेगरेको छ ।

घरबाट भोली गर्नुपर्ने काम लिएर बेलुका हिड्यो, नौविसे देखि कलंकिसम्मको जाम छिचोल्दा नै मध्यदिन वित्ने गर्छ, सल्यानबाट आउँदैगरेका राजकुमार योगीले भने, ‘अनि काम पनि विग्रन्छ, बाटोमा हुने हैरानीको त कुनै हिसाव छैन ।

त्रिपुरेश्वर सडकमा बिभिन्न खण्डमा सडक कालोपत्रे गर्नै बाँकी छ भने बनेका सकडहरु पनि भत्किएका छन् । विभागका अनुसार मुआब्जा सम्बन्धी झमेला आएपछि विवादित क्षेत्रमा सडक विस्तार नगरी कालोपत्रे गर्न अनुमति दिएको थियो । त्यसले यो सडक कतै फराकिलो कतै घर भत्काउन नपाएपछि निकै साँघुरो बनेको छ । २२ मिटर फराकिलो बनाउने भन्दै थालिएको सडक कतैकतै २२ त कतै आधा मात्र बिस्तार भएको छ ।

 त्रिपुरेश्वर कलंकी नागढुंगा सडकखण्ड बिस्तारको डीपीआरमै त्रुटि भेटिएपछि आयोजना सुरु हुँदादेखि अहिलेसम्म समस्यै समस्या छन् । ठेकदारले काम ढिला गर्दा सरकारले जरिवाना गराउने कानुनी व्यवस्था छ । तर, सरकारी इन्जिनियरले नै विस्तृत परियोजना प्रतिवेदन डिपिआरमा त्रुटिगर्दा कारवाही तथा जरीवानाको व्यवस्था छैन । त्यसैले निजी क्षेत्रका ठेकेदारले भन्दा धेरै सरकारी इन्जिनियरले नै लापरवाही गरिरहेका छन् ।