एक वर्षभित्र नेपालमा क्लिन फिड लागु हुने

title
बुधबार, भदौ ४, २०७६

काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विधेयकमाथी दफावार छलफल सम्पन्न गर्दै सर्व सम्मतिले पास गरेर संसदमा पठाउने निर्णय गरेको हो । संसदबाट विधेयक पास भएको मितिले एक वर्षपछिदेखि नेपालमा क्लिन फिड लागु हुनेछ ।

एक वर्षभित्र सबै केवल टेलिभिजन अपरेटरहरुले नेपालमा उपलब्ध गराउने विदेशी च्यानलहरुलाई विज्ञापन रहित (क्लिन फिड) बनाउनुपर्नेछ । त्यस्तै, विधेयक पास भएपछि बिजुलीका तार पोलहरुमा होर्डिङ बोर्ड राख्न पाइनेछैन् ।

समितिले विज्ञापन विधेयक पास गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपालको विज्ञापन जगतमा क्रान्ति भएको बताए ।

समिति सभापति कल्याणी खड्काले विज्ञापन विधेयक पास गरेर पठाएपछि नेपालको विज्ञापन क्षेत्र आधुनिक र मर्यादित हुने बताए ।