बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने
बुधबार, भदौ ४, २०७६

पूर्व पोनस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । आफूले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ को प्रिमियरमा उनी नेपाल आउने भएकी हुन् । सन्नीले एक भिडियोमार्फत आफू नेपाल आउन लागेको बताएकी छिन् ।

भिडियोमार्फत उनले नेपाललाई सम्बोधन गर्दै आफू नेपाल आउन लागेको बताएकी छिन् । उनले ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी भिडियोमार्फत गराएकी छिन् ।

भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’ मा सन्नी लियोनीको एक आइटम गीत समावेश छ। काठमाडौंमा उनी ३ दिनसम्म बस्ने फिल्म टिमले जनाएको छ । उनले फिल्मको प्रचारमा समेत समय दिने जनाइएको छ ।