भारतीय विदेशमन्त्री जयशंकरले भेटे राष्ट्रपति

title
बिहिबार, भदौ ५, २०७६

काठमाडाैँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गरेका छन् ।

नेपाल भारतको संयुक्त बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकरले आज विहान राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गरेका हुन् ।

राष्ट्रपतिसँगको भेटमा नेपाल र भारत सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

जयशंकरले आजै विहान पशुपतिनाथको दर्शन गरेका थिए। जयशंकरले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । दुई दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री जयशंकर आजै स्वदेश फर्किने छन् ।