ओलीलाई स्वास्थलाभको कामना गर्दै सकियो नेकपा बैठक : अव बैठक बोलाउने जिम्मा प्रचण्डलाई

title
बिहिबार, भदौ ५, २०७६

काठमाडौ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक एजेण्डामै प्रवेश नगरी सकिएको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्षा केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानेभएपछि उनलाई स्वास्थ्यलाभको कामना मात्र गरेर बैठक सिकएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बिहान बसेको बैठक औपचारिकमा एजेण्ड प्रस्त्तुतसम्म पनि भएन। बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक बोलाउने अधिकार दिएको छ।

नेकपामा ओली र दाहाल समान हैसियतमा अध्यक्ष रहने भनिएपनि ओलीले मात्र बैठक बोलाउँने तथा अध्यक्षता गर्दै आएका थिए। अब दाहालको अध्यक्षतामा बैठक बसि एकताका बाँकि प्रक्रिया पुरा गर्ने नेकपाले जनाएको छ।