स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री सिंगापुर प्रस्थान

title
बिहिबार, भदौ ५, २०७६

काठमाडाैँ । स्वास्थ्य परीक्षण र थप उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणका सिलसिलामा ओली झण्डै १५ दिन सिंगापुरमा बस्ने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भदौ २० गते थाई एयरको उडान नम्बर जिटी ३१९ बाट अपरान्ह १२ स्वदेश फर्किने जनाइएको छ । यसअघि ओली साउन १८ गते स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए ।