एसीसी अण्डर नाईन्टीन एसिया कप अन्तर्गत नेपाल समूह ‘बी’ मा, पहिलो खेलमा नेपालले श्रीलंकासंग खेल्ने

title
बिहिबार, भदौ ५, २०७६

प्रसन्न ढुंगाना 
श्रीलंंकामा हुने एसीसी अण्डर नाईन्टीन एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली क्रिकेट परिषदद्वारा सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।

नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र युएई रहेका छन् । त्यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले पहिलो खेल भदौ २० गते श्रीलंकास“ग खेल्नेछ ।

दोस्रो खेल भदौ २२ गते बंगलादेश र तेस्रो खेलमा भदौ २४ गते यूएईस“ग खेल्नेछ। ‘ए’ र ‘बी’ दुवै समूहका विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।

टेस्ट राष्ट्रलाई पराजित गरी सेमिफाइनलमा पुग्ने लक्ष्यसहित नेपालले आफ्नो अभ्यास जारी राखेको छ । खेल श्रीलंकामा भदौ १९ देखि २८ सम्म हुनेछ ।