चोटबाट मुक्त हुँदै लियोनल मेस्सी प्रशिक्षणमा फर्किए

title
बिहिबार, भदौ ५, २०७६

प्रसन्न ढुंगाना पिडुलाको चोट बोकेका लियोनल मेस्सी चोट मुक्त भएर प्रशिक्षणमा फर्किएका छन्। गत साता प्रशिक्षणको दौरान पिडुलामा चोट लागेका मेस्सी एक साताको विश्रामपछि प्रशिक्षणमा फर्किएका हुन्।

गत साता प्रशिक्षणको दौरान पिडुलामा चोट लागेपछि मेस्सीले स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेल समेत गुमाएका थिए। मेस्सी बिनाको बार्सिलोनाले सिजनको पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १–० को हार व्यहोरेको थियो।

मेस्सी चोट मुक्त हुँदै टिममा फर्किएपछि केहि राहत महसुस गरेको बार्सिलोनालाई अर्को चोटले सताएको छ।

बार्सिलोनाका लुइस स्वारेज र ओसुमाने डेम्बेले चोटका कारण मैदान बाहिर रहेका छन्।

भिडियोमा हेर्नुहोस: