भारतीय पक्षसँग ठोस कुरा नराखेको भन्दै कोशी पीडितहरु आक्रोसित

title
बिहिबार, भदौ ५, २०७६

सप्तरी । एक सातादेखी अनशनमा बसेका कोशी पीडितहरु भारतीय पक्षसित ठोस कुरा नराखिदिएको भन्दै सरकारसँग आक्रोसित भएका छन् । गत शनिबार देखि कोशी सम्झौता अनुरुपको मुआव्जा पाउनुपर्ने, कोशीका कारण नष्ट भएको बालीको क्षतिपूर्ति पाउनुपर्ने तथा ६५ सालका कोशी पीडितले भारतीय पक्षबाट क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै अनसनमा बसेका छन् ।

अनसनमा बसेका पीडितहरु नेपाल–भारत संयुसक्त आयोगको बैठकमा समेत त्यो विषय नउठेपछि सरकारसँग आक्रोशित भएका हुन् । प्रधानमन्त्रीको भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरसँग भेट हुँदा समेत यो विषय नउठेपछि उनीहरुसित आफूहरुको समस्या समाधानका लागि नेपाल सरकारले ठोस रुपमा कुरा राख्न नसकेको भन्दै कोशी ब्यारेज नजिकै रिले अनशनमा बसेका सप्तरी, सुनसरी र उदयपुर तिनै जिल्लाका कोशी पीडितहरुले आक्रोश पोखेका हुन् ।

उनीहरुले सरकारले कुरा राख्ने अवसर गुमाएर पीडितहरुलाई थप आक्रोसित पारेको अनसनकारी दुगानन्द चौधरीले गुनासो गरे । कोशीपीडित उत्थान समाजका सचिव घनश्याम झाले भारतीय विदेश मन्त्री तथा सरोकारवाला अधिकारी आएकाबेला मुआव्जा दिलाउने अवसरबाट सरकार चुकेको भन्दै सरकारले आफूहरुलाई निराश बनाएको  बताउँछन् ।

अनसनकारीहरुले सरकारले निराश बनाएको भन्दै अब आन्दोलन चर्काउने चेतावनी दिएका छन् । उनीहरुले भारतका तालुकदार मन्त्रालयका सबै उच्च अधिकारीहरु आएकाको मौका सरकारले गुमाएको भन्दै नागरिकका संवेदशीलतामा सरकार उदासिन बनेको आरोप लगाएका छन् ।

उनीहरुले २०११ सालमा नेपाल भारतबीच भएको कोशी सम्झौताअनुसार सरकारकै कारण क्षतिपूर्ति र मुआब्जा नपाएको बताएका छन् ।