बालाजु औद्योगिक क्षेत्रमा आगलागी

title
बिहिबार, भदौ ५, २०७६

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा आज बिहान साढे ११ बजे आगलागि भएको हो ।

आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाईकल पुर्णरुपमा ध्वस्त भएका छन् । त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्स पनि ध्वस्त भएको छ ।

प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्याँस लिक भएर आगलागी भएको थियो । काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।