प्रदेश-२को नाम र राजधानीका लागि ४ दलबाट ६ प्रस्ताव : कांग्रेस र समाजवादीका २-२ वटा

title
बिहिबार, भदौ ५, २०७६

पुरन साह

जनकपुरधाम- प्रदेश नम्बर–२को सभामा दलहरुले प्रदेशसभाको नाम र राजधानी सम्बन्धी छुट्टाछुट्टै प्रस्ताव दलर्ता गराएका छन्। प्रदेशसभामा दर्ता गरिएकामा प्रस्तामा सत्तारुढ समाजवादी र राजपाका प्रस्ताव साझा देृखएिका छन् भने प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी नेकपा र कांग्रेसका फरक प्रस्ताव दर्ता भएका हुन्।

सत्तारुढसँग बहुमत मात्र रहेको र अन्य पार्टी नमिल्दा दुइतिहा नपुग्ने भएपछि प्रदेशको नाम र राजधानीका विषयको निर्णय अन्योलमा धकेलिएको छ। प्रदेशसभामा नाम र राधानीको प्रस्ताव लैजाने क्रममा पनि सत्तारुढ समाजवादी र कांग्रेसबाट दुई–दुई प्रस्ताव दर्ता भएका छन्।

समाजवादीका ६ र कांग्रेसका चार सांसदले विरगंजव राजधानी हुनुपर्ने भन्दै छुट्टा छुट्टै प्रस्ताव दर्ता गराएका छन्। आधिकारिक रुपमा भने समाजवादी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेका छन् भने नेकापाले प्रदेश नाम जानकी राख्न प्रस्ताव गरेको छ। प्रतिपक्षी कांग्रेसले भने प्रदेशको नाम मिथिला भोजपुरा राख्न प्रस्ताव गर्दै राजधानी जनकपुर प्रस्ताव गरेको छ। कांग्रेसका बारा पर्साका चार सांसदले प्रदेशको नाम मध्येप्रदेश राख्न माग गर्दै राजधानी विरगंज प्रस्ताव गरेका छन्।

जनकपुर राजधानी राख्ने सवालमा दलहरुको साझा धारणा देखिए पनि कसैले रेखांकनसहित जनकपुर धाम-ढल्केबर-कमला नदी हुँदै भारतको सिमासम्मलाई राजधानी प्रस्ताव गरेका छन् भने कसैले जनकपुर धाम मात्र भनेका छन्।

साझा प्रस्तावका रुपमा राजधानी टुंगो लगाउन सहज देखिएपनि प्रदेशको नामका विषयको टुंगो लगाउन राजनीतिक सहमति आवश्यक हुने देखिएको छ। यस्तो अवस्थामा प्रदेशको नाममा समेत पार्टीहरुले केन्द्रबाट निर्णय गर्ने अवस्था आउन सक्ने छ। 