मृतक परिवारलाई राहत रकम प्रदान

title
शुक्रबार, भदौ ६, २०७६

स्कूलबाट घर फर्कदै गर्दा अविरल वर्षासँगै आएको भेलले बगाउँदा मृत्यु भएकी आठ वर्षीया बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले बिहीबार घरमै पुगेर राहत रकम प्रदान गरेको छ ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ थाम्काका बुद्धिबहादुर परियारको आठ वर्षीया छोरी शर्मिला परियारको भेलले बगाउँदा भदौ १ गते मृत्यु भएको थियो । बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत शर्मिलाको विपद्का कारण निधन भई शोकमा डुबेको परिवारलाई राहतस्वरुप रु एक लाख रुपैयाँ प्रदान गरेको जिल्ला प्रशासन कार्यालय बागलुका नायबसुब्बा लोकबहादुर कुँवरले जानकारी दिनुभयो ।

विपद्मा जिल्ला प्रशासनद्वारा सहयोग गरिँदै आएको राहतस्वरुपको रकम घरमै पुगेर मृतक शर्मिलाका बुुबा बुद्धिबहादुर परियारलाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । स्कूलबाट फर्कने क्रममा मोटरबाटोमा हिँडिरहेकी बालिकालाई ठूलो पानी परेसँगै सडक किनारामा आएको भेलले बगाएर झण्डै ५०० मिटर तल पु¥याएको अवस्थामा शर्मिलाको शव फेला परेको थियो ।