जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावनाः नेकपा अध्यक्ष दाहाल

title
शुक्रबार, भदौ ६, २०७६

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा उनले औल्याएका हुन ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न र बुर्जुवाकरण हुंदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै दाहालले त्यस तर्फ गम्भीर हुनुपर्नेमा जोड दिए । पुर्वी युरोप, सोभियत संघको उदाहरण दिंदै दाहालले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन र सिद्धान्तको कार्यशैली विर्सन नहुने बताएका छन् ।

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासंग गरेका प्रतिद्धताहरु विर्संदै जाने प्रवृत्ति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृत्ति नेपालमा पुनरावृत हुन नदिन तर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन् । वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सधंै सचेत र सजग हुनुपर्नेमा दाहालको जोड रहेको छ ।