सांगीतिक कार्यक्रममा भागदौड हुँदा अल्जेरियामा पाँच जनाको मृत्यु

title
शुक्रबार, भदौ ६, २०७६

एजेन्सी । अल्जेरियाको राजधानी अल्जीयर्समा एउटा सांगीतिक कार्यक्रममा भागदौड हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अल्जेरियाको राजधानी शहर अल्जीयर्स स्थित एक रंगशालामा सांगीतिक प्रस्तूती भइरहेका बेला त्यहाँ उपस्थित दर्शकहरुबीच भागदौड मच्चिंदा पाँच भन्दा बढीको मृत्यु भएको हो ।

ती मध्य दुई जना महिला र तीन जना पुरुष रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन । त्यहाँका “सुलकिङ्ग” नामक एक गायकको कार्यक्रममा सहभागि हुने क्रममा भागदौड भएपछि अरु २१ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन ।

घटनाको बारेमा थप जानकारी आउन बाँकी छ भने अल्जेरियाका ती गायक सुलकिङ्गले हालसम्म यो घटना बारे कुनै प्रतिक्रिया दिएका छैनन् ।